अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान

  चैत ११, २०७६

काठमाडौँ, चैत ११ : सरकारले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले निजी क्षेत्रहरुले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण तथा सामग्री ल्याउन खोज्‍नेलाई सरकारले सहयोग गर्ने निर्णय गरेको हो ।

सरकारी प्रक्रिया अलवम्बन गर्दा सामग्री ढिलो आइपुग्‍ने भएकाले सरकारले निजी क्षेत्रलाई यस्तो आह्वान गरेको हो ।

अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले भने, ‘निजी क्षेत्रले पारदर्शी तरिकाले चाँडै नै उपकरण ल्याउने हो भने सरकारले हवाई साधनको प्रबन्ध पनि गर्न सक्छ।’

यस्तै, समितिको म‌ंगलबार बसेको बैठकले सीमा नाकामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया