कोभिड–१९ संक्रमित जिम्बाबवेका टेलिभिजन पत्रकारको मृत्यु

  चैत ११, २०७६

काठमाडौं, चैत ११ : जिम्बाबवेमा ३० वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय एक पत्रकारको कोभिड–१९ को संक्रमणले मृत्यु भएको छ । जिम्बाबवेमा कोभिड–१९ को संक्रमणले यो पहिलो मृत्युको घटना हो ।

टेलिभिजन पत्रकार जोरोरो मकाम्बासहित दुईजनामा शनिबार कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो । जिम्बाबवेको स्वास्थ्य मन्त्रालयका अनुसार उहाँमा फ्लुको लक्षण देखिएपछि बिहिबार राजधानी हरारेस्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।

जिम्बाबवेमा एक मात्र आइसोलेशनसहितको हरारेस्थित विल्किन्स अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो । अमेरिकाको न्यूर्योकमा हुँदा उहाँमा कोभिड–१९ को संक्रमण फैलिएको सीएनएनले उल्लेख गरेको छ ।

फेब्रुअरी २९ मा न्युर्योक प्रस्थान गर्नुभएको मकाम्बा मार्च ९ मा हरारे फर्किनुभएको थियो ।पारिवारिक स्रोतलाई उद्धृत गर्दै सीएनएनले उहाँ म्यासथेनिया ग्राभिस रोगबाट ग्रसित उहाँको गत वर्ष शल्यक्रिया गरिएको थियो ।

तपाईको प्रतिक्रिया