मध्य प्रदेशको मुख्यमन्त्रीमा चौहान

  चैत ११, २०७६

भूपाल, चैत १० : भारतको मध्य प्रदेशको मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता शिवसिंह चौहान चयन हुनुभएको छ । स्थानीय समयअनुसार सोमबार बेलुका पार्टीको मुख्यालयमा बस्ने पार्टी संसदीय दलको बैठकले उहाँलाई अनुमोदन गर्नेछ ।

पार्टी बैठकपछि सोमबार नै बेलुका ९ बजे उहाँले सपथ ग्रहण गर्ने तालिका रहेको नेताहरुले बताएका छन् । नेता चौहान यसअघि सन् २००३ देखि २०१८ सम्म पनि मुख्यमन्त्री हुनुभएको थियो । निवर्तमान मुख्यमन्त्री कमल नाथले यही मार्च २० तारिखका दिन राजीनामा दिएपछि चौहानले फेरि मुख्यमन्त्री हुने मौका पाउनुभएको हो ।

भारतीय राष्ट्रिय काँग्रेसका २२ जना विधायकले पार्टी परित्याग गर्ने र विधायक पदबाट राजिनामा दिने घोषणा गरेपछि काँग्रेस नेता कमलनाथले गभर्नर लालजी टन्डन समक्ष राजीनामा बुझाउनुभएको थियो । योसंँगै भारतको मध्य प्रदेश राज्यमा सत्ता परिवर्तन भएको हो ।

तपाईको प्रतिक्रिया