साउदी अरबमा देशभरि कफ्र्यूको घोषणा

  चैत ११, २०७६

रियाद, चैत १० : साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कफ्र्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् ।

साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कफ्र्यू आदेशको घोषणा गर्न भएको जनाइएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यूको घोषणा गर्न परेको स्पष्ट पार्नुभएको छ ।

साउदी राजा सल्मानले जनहितका लागि कफ्र्यू पालना पूर्णरूपमा गर्न पनि आह्वान गर्न भएको छ । राजाको तर्फबाट राजदरवारले जारी वक्तव्यमा गरेको कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना सङ्क्रमित भेटिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कफ्र्यू आदेश लागू नहुने वक्तव्यमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया