कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

  चैत १०, २०७६

धनगढी, चैत १० :  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को सूचना जारी नहुँदासम्मको लागि आज दिउँसो २ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । प्रशासनले अत्यावश्यक सेवाबाहेक बाँकी सबै बन्द रहने जनाएको छ ।

यसैगरी, प्रतिकूल किसिमको असर पर्न सक्ने कुनै पनि गतिविधि नगर्न पनि जिल्लावासीलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया