क्रोएसियामा भूकम्प, एकको मृत्यु

  चैत ०९, २०७६

काठमाडौं, चैत्त ९ : राजधानी जाग्रिब नजिकै इपिसेन्टर भएको ५.३ म्याग्निच्युडको भूकम्पमा परी एक १५ बर्षिय किशोरको मृत्यु भएको छ । भूकम्पमा परी भत्किएको घरको भग्‍नावशेषमा ती किशोर मृत फेला परेका थिए ।

जाग्रिबमा धक्काका कारण केही घरहरु भत्किएका छन् । भूकम्पको धक्का हंगेरी, बोस्‍निया हर्जगोभिनामा पनि महशुस गरिएको थियो । क्रोएसियामा हालसम्म कोभिड १९ का २ सय ६ जना संक्रमित भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बच्नका लागि घरभित्र बसिरहेका मानिसहरुलाई भूकम्पको धक्काले तर्साएको राजधानी जाग्रिबका एक बासिन्दाले बताए ।

तपाईको प्रतिक्रिया