उपप्रमुख गुरुङद्वारा जग्गाको भाडा छुट दिने घोषणा

  चैत ०८, २०७६

पोखरा, चैत ८ : कोभिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन एक व्यवसायीले गर्नुभएको आग्रहलाई यहाँका एक जनप्रतिनिधिले पुरा गरिदिनुभएको छ ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले वडा नं ६ जरेबरमा आप्mनो नाममा रहेको निजी जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गर्नुभएको हो । सो जग्गाको भाडा प्रतिमहिना ६५ हजार रुपैयाँ रहेको छ । कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको भन्दै उहाँले व्यवसायीलाई राहतस्वरुप एक महिनाको भाडा नलिने निर्णय गरेको जानकारी दिनुभयो ।

गाउँ फर्किने अभियान नै चलेसँगै पोखरा रित्तिँदै गएपछि व्यापार–व्यवसायमा आएको मन्दीका कारण घरभाडा, बैंक ब्याजलगायत विभिन्न क्षेत्रमा छुटको माग गर्दै आएका व्यवसायीलाई यस्ता छुटले राहत पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया