कोरोना भाइरस संक्रमित नर्भिक अस्पतालमा हालसम्म फेला परेकाे छैन

  चैत ०८, २०७६

काठमाडौं, चैत ८ : नर्भिक अस्पतालले आफ्नो अस्पतालमा हालसम्म कोरोना भाइरसका कुनै पनि विरामी फेला नपरेको बताएको छ ।

शनिबार विहानैदेखि फेसबुकलगायतका सामाजिक सञ्चालमा नर्भिक अस्पतालमा आठजना विरामीमा कोभिड–१९ भेटिएको भ्रामक समाचार आएको र त्यसकाे खण्डन गर्दै अस्पतालले विरामी फेला नपरेको स्पष्ट पारेको हो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले यस्ता भ्रामक समाचार फैलान व्यक्तिको निन्दा गर्दै कडा कार्वाहीको लागि प्रशासनसमक्ष माग समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया