ट्रकको ठक्करबाट एकको मृत्यु

  चैत ०८, २०७६

राजविराज, चैत ८ : पूर्वपश्चिम राजमार्गअन्गर्गत सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा ट्रकको ठक्करबाट आज बिहान साइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भारदाह बस्ने अन्दाजी ३० वर्षीय कामी मुखिया रहेको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताउनुभयो ।

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मुखियाको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा आजै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ७३०८ नंको ट्रकले पूर्वपश्चिम राजमार्गअन्तर्गत मुखिया सवार साइकललाई ठक्कर दिएको थियो ।

तपाईको प्रतिक्रिया