सबै फूललाई फुल्ने र फक्रने वातावरण तयार गर्छाै : प्रधानमन्त्री

  चैत ०८, २०७६

काठमाडौं, ८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताउनुुभएको छ ।

५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुुहुुने ज्ञात, अज्ञातशहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुुभएको छ, “नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूूर्ण भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु ।”

“जातीय एवं सांस्कृतिक विविधतायुुक्त सयौँ थुुँगा फूलका एउटै मालाको प्रतिविम्बका रूपमा रहेको हाम्रो राष्ट्र नेपालमा सबै फूलहरूलाई फुल्ने र फक्रने वातावरण तयार गर्न वर्तमान सरकार सांस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रवद्र्धन एवं संवद्र्धनका लागि दृढताका साथ अगाडि बढनेछ”, उहाँले सन्देशमा भन्नुुभएको छ ।

अन्धविश्वास र अचेतनाबाट लाभ उठाएर गरिने मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान चलाउन आवश्यक रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुुभएको छ ।

तपाईको प्रतिक्रिया