तारा अधिकारीको ‘फुलेको केश’ गीत सार्वजनिक

  चैत ०७, २०७६

काठमाडौं, चैत ५ : गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फुलेको केश’ बोलको गीतमा अन्जु पन्तले स्वर दिनुभएको छ । वसन्त सापकोटाले सङ्गीत दिनुभएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गर्नुभएको छ । गीतको रेकर्डिस्ट सुमन खड्का हुनुहुन्छ ।

रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सूजता बराल र सूलोचना आचार्यको अभिनय रहेको छ । भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ ।

तपाईको प्रतिक्रिया