बैंक तथा वित्तीय संस्थामा विद्युतीय कारोबार गर्दा कुनै शूल्क नलाग्ने

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : बैंक तथा वित्तिय संस्थाले नोटबाट कारोवार गर्दा कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै भरसक विद्युतीय कारोवार गर्न अनुरोध गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघले संयूक्त रुपमा उक्त कुराको अनुरोध गरेका हुन् ।

इन्टरनेट-मोवाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवारमा कुनै शूल्क नलाग्ने पनि स्पष्ट पारेका छन् । कनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन् । उक्त सेवा-सुविधाहरुमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि शुल्क नलाग्ने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया