ठूलो परिमाणमा हतियार बरामद

  चैत ०७, २०७६

हुप्सेकोट (नवलपरासी ), चैत ६ : पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा आज ठूलो परिमाणमा मा हतियार बरामद भएको छ ।

हुप्सेकोट गाउँपालिका वडा न २ बाट बिहीबार हतियार बरामद भएको र स्थानीयले दश थान भन्दा बढि हतियार प्रहरीले बरामद गरेको भए पनि जिल्ला प्रहरी कार्यालयले संख्या भने अझैं सार्वजनिक गरेको छैन ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले हतियार बरामद भएको पुष्टि गर्दै अनुसन्धानको दायरा फराकिलो पारी तीब्र अनुसन्धान भैरहेको र यसमा को को संलग्न रहेका छन् त्यसको एकिन अनुसन्धान पछि मात्र खुल्ने प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो ।

घटनाको जिल्ला प्रहरी कार्यालयले समेत पुष्टि गर्दै यसमा संलग्न एकजना पक्राउ परेकोे प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि हतियार बरामद भएको पुष्टि गरे पनि परिमाण बताउन चाहनुभएन ।

दश थान भन्दा बढि आधुनिक हतियार बरामद भएको स्थानीयबासीले पुष्टि गरे पनि स्थानीय प्रहरी र प्रशासनले संख्या एकिन गरेको छैन ।

तपाईको प्रतिक्रिया