प्रतिनिधिसभाको बैठक एक हप्तालाई स-यो

  चैत ०७, २०७६

काठमाडौं, चैत ६ : संसदको कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको शुक्रबारका लागि निर्धारित बैठक एक हप्ताका लागि पछाडि सारेको छ ।

सरकारले कोरोना भाइरसको संभावित संक्रमणलाई विचार गरेर भिडभाड, जमघट भेला नगर्ने भनेर गरेको निर्णयको सम्मान गर्दै बैठक एक हप्तालाई सार्ने निर्णय भएको प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया