आन्दोलनको उपलब्धि खतरामा : यादव

  चैत ०७, २०७६

लहान, चैत ६ : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताउनुभएको छ । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सिरहामा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त भएको सङ्घीयता, समावेशीतालगायतका उपलब्धि खतरामा पर्न थालेको गुनासो गर्नुभयो ।

उहाँले सङ्घीयता कार्यान्वयका लागि अहिलेको संविधानमा संशोधन आवश्यक रहेको उल्लेख गर्नुभयो । संविधान संशोधनको सर्तसहित आफ्नो पार्टी सरकारमा गए पनि त्यो पूरा नभएपछि सरकार छाडेको दावी उहाँको थियो । भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य र अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया