कोरोनाबाट विश्वभरीमा आठ हजार ९८२ को मृत्यु

  चैत ०६, २०७६

जेनेभा, चैत ६ विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको कारण बिहीबारसम्म आठ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी दुई लाख २० हजार १९९ जना कोृरोना भाइरस संक्रमित भएका छन् ।

संक्रमित व्यक्तिहरुमा ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २५ हजार ४४८ व्यक्ति हाल संक्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १७६ वटा देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

बिहीबार देशभित्र कुनै पनि नयाँ संक्रमणका घटना देखा नपरेको चिनियाँ अधिकारीले बताएका छन् तर बाहिरबाट चीन आएका व्यक्तिमा बुधवार ३४ वटा नयाँ संक्रमण देखापरेको जनाइएको छ ।

चिनियाँ मूलभूमिमा जनवरीयता ८१ हजारवटाभन्दा बढी कोरोनाभाइरसको संक्रमण देखिएका छन् । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट चीनभरी चीन हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना संक्रमित रहेका छन् ।

हाल चीनमा कोरोना भाइरसको संक्रमणका नयाँ घटना अधिकांश बाहिरबाट आएका आगन्तुकले ल्याएका जनाइएको छ ।

कोरोनाभाइरसका कारण विश्वभरि सडक र सार्वजनिक स्थल रित्तिएका छन् । यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटना देखापरेका तर तीमध्ये कति विदेशबाट भित्रिएका हुन् सो भने प्रष्ट भइसकेको छैन् ।

सिंगापुरमा बुधवार ४७ वटा नयाँ संक्रमण देखापरेका छन् जसमध्ये ३३ वटा आयातित थिए । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको संक्रमणबारे बिहीवार साँझ देशवासीका नाममा सम्बोधन गर्ने समाजिक सञ्जाल ट्विटरमार्फत बताउनु भएको छ ।

भारतमा हालसम्म कम्तीमा १६९ वटा कोरोनाभाइरस संक्रमणका घटना देखापरेका छन् र देशभर सयौँको सङ्ख्यामा मानिसलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टीन’ केन्द्रमा राखिएको छ ।

देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर विज्ञले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । हालसम्म भारतमा कोरोनाभाइरसका कारण तीन जनाको मृत्यु भएको भईसेकेको छ ।

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

श्रीलंकामा ५१ वटा, अफगानिस्तानमा २२ वटा, बंगलादेशमा १४ वटा, माल्दिभ्समा १३ वटा, भुटान संक्रमण हालसम्म देखापरेको छ ।

तपाईको प्रतिक्रिया