वाग्मती प्रदेश नेकपा मुख्य सचेतकमा पाण्डे

  चैत ०६, २०७६

हेटौँडा, ६ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त हुनुभएको छ । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गर्नुभएको हो ।

नेकपा नुवाकोटका नेता पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नं २ को कबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विसं २०४० मा तत्कालीन अनेरास्ववियु (पाँचांैँ) नुवाकोट अध्यक्ष बन्नुभएका पाण्डे विसं २०४५ मा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बन्नुभएको थियो ।

पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एशियाली विद्यार्थी संगठनको दुई कार्यकालसम्म सचिव बन्नुभएको थियो । तत्कालीन नेकपा(एमाले)को आठौंँ अधिवेशनपछि विदेश विभागको प्रमुख हालका प्रधानमन्त्री केपी शर्मा ओली हुँदा पाण्डे सचिव हुनुहुन्थ्यो । पाण्डे तत्कालीन नेकपा(माले)को पाँचांैँ अधिवेशनदेखि हालसम्मका सबै अधिवेशनको प्रतिनिधि हुनुहुन्थ्यो ।

यसअघि मुख्य सचेतक रहनुभएका रामेश्वर फुयाँल यही चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त हुनुभएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो । पाण्डेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई आजै गराइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया