अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

  चैत ०६, २०७६

बेइजिङ, चैत ५ : अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय बुधबार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले द न्यूयोर्क टाइम्स, द वाशिङटन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ ।

उक्त कदम अमेरिकामा ‘चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको’ प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ । चीनका अर्धस्वायत्त क्षेत्र हङकङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।

तपाईको प्रतिक्रिया