चीनमा बुधबार एकजना मात्र कोरोना संक्रमित भेटिए

  चैत ०५, २०७६

बेइजिङ, चैत ५ : चीनमा बुधबार कोरोना भाइरसका एकजना संक्रमित भेटिएका छन् तर यसको संक्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ ।

गत वर्षको अन्तमा भाइरस पहिलो पटक देखा परेको मध्यशहर उहानमा लगातार दोस्रो दिन एकमात्र संक्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

हुबेई प्रान्तको वरिपरि नयाँ संक्रमण विगत सात दिनमा नौभन्दा कम संक्रमित पाइएको बताइएको थियो । फेबु्रअरीको शुरुमा चीनको हुबेइ प्रान्तको उहान शहरमा दिनहूँ हजारौंँको संख्यामा कोरोना भाइरसका संक्रमित हुने गरेकोमा गएको हप्तामा नौ जनाभन्दा कम मात्र बिरामी पाइएको सो आयोगले जनाएको छ ।

उहाँन शहरमा गत जनवरी २३ मा ११ करोड मानिसलाई अलग्गै राखिएको थियो । तर हालैका दिनमा प्रान्तको केही भागमा प्रतिबन्धमा सहजता आएको छ । चीनले यो भाइरसको फैलावटलाई “मौलिकरुपमा रोकेको” जनाएको छ ।

हाल चीनमा स–साना शहरले स्वस्थ मानिसलाई काममा फर्काउन वा आफ्नो गाउँ फर्काउन अनुमति दिएका छन् ।

बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ । बुधबार थप १२ जनामा कोरोना भाइरस संक्रमण भेटिएको र यो संख्या कूल १५५ पुगेको बताइएको छ ।

सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन् । दश चिनियाँ प्रान्त र शहरले विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वानरन्टाइनमा राखेको छ ।

चीनले गत बुधवार ११ जनाको मृत्यु भएको जनाएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट चीनभरी चीन हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया