बहराइनमा ३ नेपाली क्वारेन्टाइनमा, कतारमा र मलेसियामा उच्च सतर्कता

  चैत ०५, २०७६

काठमाडौं, चैत ५ : बहराइनमा तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । तर स्वास्थ्य परीक्षणमा उनीहरुलाई संक्रमण नदखिएको बहराइनको मानमास्थित नेपाली दूतावासले जनाएको छ ।क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न दूतावासका स्थानीय कर्मचारी नै क्वारेन्टाइनस्थल पुगेका थिए । सल्मावादस्थित श्रमिक क्याम्पमा बस्दै आएका एक कामदारमा पनि कोरोनाको संक्रमण भेटिएपछि त्यहाँ कार्यरत नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको दूतावासले जनाएको छ ।दूतावासका अनुसार १८ मार्चबाट बहराइनमा पनि उडानहरु बन्द हुनेछन् । र, स्वदेशी राहदानीबहाक बाहेकलाई भिसा दिन बन्द गरिनेछ । 

कतारमा कडाइ

कतारस्थित नेपाली दूतावासले नेपाली कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरिएको बारे बारे कतारसरकारसँग आधकिारिक जानकारी माग गरेको छ ।कोरोनको सतर्ककताका लागि दिाइएका निर्देशन पालना नगरेको भन्दै कतारबाट काकदार डिपोर्ट भएका थिए । दूतावासले त्यहाँको सरकारले बनाएका नियमहरु अक्षरस पालना गर्न नेपाली काादरहरुलाई आग्रह गरेको छ ।दूतावासले कामदारको आवासीय क्षेत्रमा अनाधिकृत रुपमा पसल खालेर सामान विक्री भइरहेको भन्दै त्यस्ता पसलमा किनमेल नगर्न पनि सूचित गरेको छ । दूतावासले मंगलबार जारी गरेको सूचनामा कतारी सरकारले निषेध गरेका क्षत्रेमा नजान र भेला नहुने नेपालीहरुलाई अनुरोध गरेको छ ।

मलेसियामा पनि सतर्कता

मलेसियास्थित राजदूतावासले पनि कामदारहरुलाई सु-सूचित गर्दै मंगलबार सूचना जारी गरेको छ । दूतावासले मार्च १८ देखि मार्च ३१ तारिकसम्मका लागि अत्यावश्यक सेवा दिनेबाहेक सबै सरकारी कार्यालय बन्द हुने जानकारी दिएको छ ।मलेसियाले आफ्ना नागरिकलाई देशबाहिर जान नदिएपनि नेपाली कामदारलाई स्वदेश फर्किन रोक नलगाएको दूतावासले जनाएको छ । विदेशबाट कसैलाई पनि देश आउन मलेसियाले रोकेको छ । दैनिक उपभोगका समान पाउने पलस, सुपरमार्केट, औषधी पसल, अस्पताल, यातायात, प्रहरी लगायतका अत्यावश्यक सेवा दिने निकाय खुला रहने सूचनामा उल्लेख छ ।दूतावासले जमघट र भेला नगर्न नेपालीहरुलाई सूचित गरेको छ ।यस्तै मार्च १९ देखि मार्च ३१ सम्म दूतावासबाट प्रदान गरिँदै आएको राहदानी नवीकरण, यात्रा अनुमति पत्र, मागपत्र प्रमााणीकरण लगायतका सेवा बन्द गरिने भएको छ । तर, अत्यावश्यकीय सेवाका लागि विहान १० देखि दिउँसो एक बजेसम्म दूतावास खुल्ला रहनेछ ।

तपाईको प्रतिक्रिया