कोरोनाका कारण भारतमा तेस्रो व्यक्तिको मृत्यु

  चैत ०४, २०७६

मुम्बाइ, चैत ४ : भारतमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मंगलबार जनाएको छ । ती व्यक्ति दुबइको यात्राबाट फर्किएका जनाइएको छ ।

भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । कोरोना भाइरसको कारण संक्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।

गत बिहीबार कोरोना संक्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मंगलबार कर्नाटकमा मृत्यु भएको थियो ।

यसअघि मृत्यु भएका दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसम्म तीन व्यक्तिको मृत्यु भएको र संक्रमितको संख्या १२५ पुगेको छ ।

तपाईको प्रतिक्रिया