शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुन थाले

  चैत ०४, २०७६

चिप्लेढुङ्गा, चैत ४ : गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डा गणेशमान गुरुङले अनुसन्धानकर्ताले नयाँ ज्ञानको उत्खननमा केन्द्रित हुँदै मौलिकतामा जोड दिनुपर्ने बताउनुभएको छ । पोखरामा सिटी एजुकेशन फाउण्डेशन काठमाडौँद्वारा सोमबार यहाँ आयोजित‘विश्वविद्यालय, उच्च शिक्षा र अनुसन्धान विषयक’ अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पठनपाठन, अध्ययनअध्यापन र अनुसन्धान एकअर्काका परिपूरक भएको तर अनुसन्धानको विषय सरकारी तवरबाटै ओझेलमा परेको छ भने ।

उनले भने, ‘अनुसन्धानलाई प्रभावकारी बनाउन विभिन्न समयमा सरकारसँग राष्ट्रियस्तरको अनुसन्धान परिषद् गठनका निम्ति सुझाव पनि प्रदान ग¥यौँ तर कार्यान्वयन भएन ।’ प्राडा भरतराज पहारीले समाजको सबै समस्याको समाधान विश्वविद्यालयको प्रयोगशालाबाट निस्कने गरेको भन्दै शोधकर्ताको खोज–अनुसन्धान मौलिक र सही हुनुपर्नेमा जोड दिए ।

संस्कृतिविज्ञ डा कुशुमाकर न्यौपानेले पछिल्लो समय शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुने गरेको बताए । उनले कार्यक्षेत्रमा भार थाम्न गाह्रो देखिन थालेको भन्दै सोको निराकरण गर्न ज्ञानवद्र्धक सिर्जनशीलतामा केन्द्रित हुन आग्रह गर्नुभयो । कार्यक्रममा प्राडा यमबहादुर क्षेत्री, श्रीकान्त खतिवडा, प्राडा रामजी शर्मा, प्राडा दामोदर बसौंला, डा वीरबहादुर खनाललगायतका प्राज्ञिक व्यत्तित्वले अनुसन्धानको विषयमा आफ्नो अनुभवसहितका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न क्षेत्रका शोधकर्ता एवं अनुसन्धनकर्ताको सहभागिता रहेको संस्थापक प्राचार्य डा यशोधम त्रिपाठीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया