बच्चाबारे २३ राेचक तथ्य, विश्वमा एक सेकेन्डमा तीन बच्चा जन्मिन्छन्

  चैत ०४, २०७६

भनिन्छ बच्चा भगवानको रुप हो । बालापन जिन्दगीको यस्तो समय हो जहाँ कुनै पिर, चिन्ता, डर, चाहाना, बाहाना, आशा, भरोसा, लोभ, लालच, स्वार्थ, घमण्ड, रिसराग, कर्तव्य, जिम्मेवारी, अधिकारको बोध हुँदैन ।

जब कोही वृद्धा अवस्थामा पुग्छ तब फेरि बच्चा बन्न पाए हुन्थ्यो भन्ने धारणा राख्छ तर अफसोस प्रकृतिले भने त्यस्तो हुन दिँदैन । त्यसैले त होला जीन्दगीको सबै भन्दा सुखद र रमणीय समय र क्षण भनेर बालापनलाई भनिन्छ । आज हामी सोही बालापनको बारेमा तपार्इंलाई केही रोचक तथ्यको जानकारी गराउँदै छौं ।

  • विश्वमा हरेक सेकेण्ड तीन बच्चाले जन्म लिन्छन् ।
  • जब बच्चा जन्मन्छन् उनीहरुको शरीरमा एउटा पनि किटाणु हुँदैन ।
  • बच्चा जन्मिएको केही हप्तासम्म उसले सबै चिज सादा देख्छ र उसले छुट्याउने पहिलो रङ रातो हो ।
  • मनोवैज्ञानिक भन्छन्- बच्चा जन्मेको केही सातासम्म सपना देख्दैन ।
  • बच्चाको हड्डी वयस्कको भन्दा ६० वटा बढी हुन्छ ।
  • एक वयस्कले भन्दा बच्चाले तीन गुणा बढी स्वाद थाहा पाउन सक्छ ।
  • एक अनुसन्धानका अनुसार समय अवधिभन्दा पहिले जन्मने बच्चाले देब्रे हातको प्रयोग गर्छ ।
  • चीनमा हरेक ३० सेकेण्डमा एक अपांग बच्चा जन्मिन्छ ।
  • सन् १८३८ देखि १९६० को बीचमा खिचेका फोटामध्ये आधा फोटो बच्चाका मात्रै थिए ।
  • जर्मनी, डेनमार्क, आइसल्यान्ड जस्ता केही देशमा बच्चाको नाम राख्नुभन्दा पहिले केही नियमको पालना गर्नुपर्छ ।
  • नवजात शिशुमा एक कपमात्र रगत हुन्छ ।
  • बच्चा जन्मिएको पाँच महिनामा तौल दुई गुणा ज्यादा वृद्धि हुन्छ ।
  • बच्चा जन्मिएको तीन महिनासम्म ८ देखि ९ इन्च टाढाको दूरीसम्म मात्र देख्न सक्छ ।
  • बच्चा जन्मिएको दश मिनेटपछि मस्तिस्कको विकास यति हुन्छ कि आवाज कुन दिशाबाट आएको हो थाहा पाउन सक्छ ।
  • एउटा तीन वर्षको बच्चाको आवाज दुई सय वयस्क मान्छे बसेको रेस्टुरेन्टमा सबैभन्दा तेज हुन्छ ।
  • एक अनुसन्धानका अनुसार आमाले बच्चाको वजनमा र पिताले उचाइमा ध्यान दिन्छ ।
  • बच्चा जन्मिएको सात महिनासम्म एकैपटक सास लिने र दिने गर्न सक्छ तर सात महिनापछि सक्दैन ।
  • सन् १९६८ पछि जोडी बच्चा जन्मिने सम्भावना ७६ प्रतिशत बढेको छ ।
  • अमेरिकामा हरेक वर्ष जति बच्चा जन्मिन्छन् त्यसको दुई गुणा ज्यादा बेबीडल बिक्री हुन्छ ।
  • गर्भमा रहेको बच्चाले संगीत सुन्दा धेरै प्रतिक्रिया दिन्छ ।
  • पुरुषको स्तन यसकारण हुन्छ कि सुरुमा सबै भ्रुण महिलाको हुन्छ ।
  • विश्वमा हरेक दिन जन्मिएको १२ शिशु दोस्रो आमा बाबुलाई दिइन्छ ।
  • बच्चा जन्मदा स्वाद थाहा पाउने क्षमता जिब्रोमा मात्र नभई मुखको वरिपरि पनि हुन्छ ।

तपाईको प्रतिक्रिया