झापाका बिरामीमा भेटिएन कोभिड–१९ सङ्क्रमण

  चैत ०३, २०७६

काठमाडौँ, चैत ३ : कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गर्नुभयो । “उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया