हरेक दिन १५ जनासम्मको कोरोना परीक्षण तर सबै नेगेटिभ

  चैत ०३, २०७६

काठमाडौं, चैत ३ : दैनिक १५ जनासम्मको कोरोना भाइरस (कोभिड १९) को आशंकामा नमुना परीक्षणका लागि आउने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार हरेक दिन १५ जनासम्म कोरोना आशंकामा विभिन्न निजी तथा सरकारी अस्पतालहरूले  १५ जनासम्मको नमुना पठाउने गरेका छन् ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले कोरोनाको आशंकामा गरिएर कोरोना परीक्षण गर्दा ती व्यक्तिको इफ्लुएन्जा र हङकङ फ्लु देखिएको बताइन् । “प्रयोगशालामा आएका नमुना परीक्षण गर्दा र स्वाइन फ्लु र हङकङ फ्लु बढी देखिएको छ,” उनले भनिन्, “धेरै जसो यिनै बिरामीको कोरोना परीक्षण हुँदै आएको छ ।”

समय–समयमा नेपालमा गरिएका परीक्षणको विश्वसनीयता जाँच्न गर्न प्रयोगशालाले नमुना हङकङ पनि पठाउँदै आएको प्रयोगशालाकी निर्देशक डा. झाले जानकारी दिईन् । “सुरुमा चीनबाट आएका एकजना नेपालीमा नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो ती व्यक्तिको नमुना हामीले हङकङ पठाएका थियौं । हङकङबाट पनि पोजेटिभ देखियो, अर्को यहाँ नेगेटिभ देखिएकाहरूको पनि हङकङमा पनि नेगेटिभ देखियो,त्यस कारण हाम्रो ल्याबमा कुनै पनि समस्या छैन्,” निर्देशक डा. झाले भनिन् ।

त्यसैगरी, कोरोना परीक्षण गरेका ३५ प्रतिशतमा मौसमी रुघाखोकीको समस्या देखिएको प्रयोगशालाका सुचनाअधिकारी राजेश कुमार गुप्ताले बताए । “दैनिक ५० जनासम्मको नमुना परीक्षणका लागि नमुना प्रयोगशालामा आउने गरेकामा करिब १५ जना कोरोनाको आशंकामा नमुनाहरू आउने गरेका छन्,” उनले भने, “जनवरीदेखि मार्च १३सम्म अथार्त तीन महिनामा आठ सय ८७ जनामा नमुना परीक्षण गरिएकोमा तीन सय ८५ जनामा मौषमी रुघाखोकी देखिएको छ ।”

हाल कोरोना ४ सय ६४जनामा कोरोना संक्रमणको आशंकामा स्वास्थ्य परीक्षण गरिएपनि सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । 

हात मिलाउने,गला मिलाउने भन्दा निश्चित दूरीबाट नमस्कार गर्ने, राम्रोसँग करिब २० सेकेन्डसम्म साबुन पानीले हात धुने, भीडमा नजानेजस्ता कुरामा ध्यान दिए कोरोनाबाट बच्न सकिने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.अनुप बास्तोला बताउँछन् । १२खरीबाट सभार

तपाईको प्रतिक्रिया