कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्स साँझ

  चैत ०२, २०७६

काठमाडौँ, चैत २ : कोभिड–१ को संक्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को संक्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गर्नुभएको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी हुनेछन् ।

सोका लागि मिर्गाैला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उक्त कन्फरेन्स साँझ सवा ५ बजे हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया