इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो

  चैत ०२, २०७६

कायरो, चैत १ : इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको मा बढेर सो संख्या नाघेको हो ।

यसैगरी संक्रमितको संख्या ११ हजार ३६४ पुगेको छ । तीमध्ये तीन हजार ५२९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ ।

मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको संक्रमण सबैभन्दा बढी देखिएको छ । इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्ति पनि कोरोनाको संक्रमण देखिएको छ ।

इजरायलमा १४३ जनाका संक्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको संक्रमण भएको साउदी अरवका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ ।

कुवेतमा कूल १०० जना बिरामी भएका छन् ।लेवनानमा थप छसहित कूल ७७ बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि संक्रमित छन्, तर थोरै छन् ।

तपाईको प्रतिक्रिया