कोरोनाविरुद्धको अभियानमा एकजुट हौं : राष्ट्रपति

  चैत ०१, २०७६

काठमाडौं, चैत १ : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीको ट्विटमा भनिएको छ, “विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौँ, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔँ ।”

तपाईको प्रतिक्रिया