आँचलले गरिन् उदीपसँग बिहे

  चैत ०१, २०७६

काठमाडौं, फागुन ३० : नेपाली चलचित्र नायिका तथा अभिनेत्री आँचल शर्मा बैबाहिक बन्धनमा बाँधिएकी छिन् । आँचलले प्रेमी डा. उदिप श्रेष्ठसँग बिहीबार विवाह गरेकी हुन् ।

एक वर्षको प्रेम सम्बन्धपछि बैबाहिक जिवन जीवनमा बाँधिएका छन् । हिन्दू परम्परा अनुसार आज आँचल र उदीपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा विवाह गरेका हुन् ।

१२ फागुनमा इन्गेजमेन्ट गरेपछि आँचलले केही दिनपछि साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन्। फागुन ईढ गते विवाह भइकाे थियाे भने शनिबार चैत १ गते रिसेप्सन दिँदैछन् ।

विवाहमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई आमन्त्रण गरिएको छ। आँचलले आफ्नो इन्स्टाग्राममा विवाहका तस्बिर सार्वजनिक गरेकी छन् ।

चलचित्र नाइ नभन्नु ल–४ बाट डेब्यू गरेकी आँचल यसअघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी थिइन् । उनले ‘शत्रु गते’, ‘जोनी जेन्टलम्यान’, ‘दालभात तरकारी’ जस्ता चलचित्रमा पनि अभिनय गरेकी छन् ।

तपाईको प्रतिक्रिया