वन्यजन्तुको चोरीशिकार रोक्न ध्यानाकर्षण

  फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन पैदावार र वन्यजन्तुको चोरीशिकार तथा अवैध व्यापार रोक्न ढिलाढाला भएको भन्दै समाधानका खोज्न ध्यानाकर्षण गराएको छ ।

समितिको आज सिहंदरबारमा बसेको बैठकमा आरक्ष तथा निकुञ्जमा देखिएका समस्या समाधान गर्न तयार पारेको प्रतिवेदन–२०७६ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाउँदै समितिले तत्काल आवश्यक संयन्त्रमार्फत आरक्षको संरक्षण तथा जनताका सुरक्षामा ध्यान दिन वन तथा वातावरण मन्त्रालयको ध्यानआकर्षण समेत गराएको छ ।

समितिले बाँके, वर्दिया, शुक्लाफाँटा, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षको अनुगमन प्रतिबेदन–२०७६ तयार गरेको थियो । प्रतिबेदनमा आरक्ष क्षेत्रका जग्गा अतिक्रमण, प्राकृतिक स्रोत माथिको बढ्दो मानवीय चाप, घाइते टुहुरा वन्यजन्तुको व्यवस्थापन, घाँसे मैदान तथा खर्कको विनाश, वन्यजन्तुका लागि व्यवस्था गरिएका पानीका स्रोत अपर्याप्तता देखिएको उल्लेख छ । प्रतिवेदनमा निकुञ्जको प्रभावकारी संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि सङ्घ, प्रदेश र स्थानीय तह तथा उपभोक्ता समूहका बीचमा रचनात्मक तालमेल हुन नसक्दा दुर्लभ र लोप हुने खतरामा परेका वन्यजन्तुको आश्रयस्थल विनास हँुदै गएको उल्लेख छ ।

मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायको सुरक्षा, वन्यजन्तुले बाली बिरुवामा पु¥याएको क्षतिको क्षतिपूर्ति र प्रभावकारी नियन्त्रण, नदीजन्य पदार्थ–बालुवा, ढुङ्गा र गिट्टीको जथाभावी उत्खनन भइरहेको उल्लेख छ । खास खास प्रजातिको वन्यजन्तुको वासस्थान संरक्षणका लागि छुट्टाइएको भू–भागलाई वन्यजन्तुु आरक्ष भनिन्छ । विश्वमा सबैभन्दा पहिले संयुक्त अधिराज्य अमेरिकाले सन् १८७२ मा एल्लोस्टोन राष्ट्रिय निकुञ्ज स्थापना ग¥यो । नेपालले त्यसको १०० वर्षपछि अर्थात सन् १९७२ मा पहिलो निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरी वन तथा वन्यजन्तुको संरक्षण तथा उचित बासस्थान निर्माण हँुदै आएको छ ।

वन्य जन्तुको बासस्थानका रूपमा निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष संरक्षण क्षेत्र लगायतलाई साझा शव्दमा वन्यजन्तुको बासस्थान भन्ने गरिएको छ । नेपालमा चितवन, बर्दिया, सगरमाथ, पर्सा, शे–फोकोसुण्डो, शिवपुरी नागार्जुन, बाँके, मकालु बरुण गरी आठ राष्ट्रिय निकुञ्ज, र निकुञ्जका मध्यवर्ती क्षेत्र अपिनाम्पा र कृष्णसार दुई संरक्षण क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष र यसको मध्यवर्ती क्षेत्र र ढोरपाटन शिकार आरक्ष समेतको व्यवस्थापनमा योजना बनी वन्यजन्ुतको बासस्थान हँुदै आएको छ ।

तपाईको प्रतिक्रिया