नेपाली नागरिकलाई भारत भ्रमणमा कुनै रोकटोक छैन : भारत सरकार

  फागुन ३०, २०७६

काठमाडौं, फागुन ३० : भारतले कोरोना भाइरस (कोभिड १९) को बढ्दो प्रकोपलाई बिचार गरी सबैखाले भ्रमण भिसामा रोक लगाए पनि नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव नपार्ने भएको छ ।

शुक्रबार भारतीय राजदूतावासले भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाइ उद्रिद गर्दै जारी गरेको विज्ञप्तीमा नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव पार्ने छैन भनिएको छ ।

भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी ‘रिभाइज्ड ट्राभफल एडभाइजरी’ र अध्यागमन विभागद्वारा जारी ‘भिसा रेस्ट्रिक्सन रिलेटेड टु कोभिड- १९’ का सम्बन्धमा यी उपायहरु नितान्त जनस्वास्थ्य तथा सुरक्षासँग सम्बन्धित छन् । हाललाई यी उपायहरुले हवाई तथा स्थल मार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर गर्ने छैन । अर्को शब्दमा नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव पार्ने छैन, उल्लेख छ ।

‘पछिल्लो समय विश्वव्यापी रुपमा फैलिदै गएको कोभिड–१९ ले जनस्वास्थ्य तथा सुरक्षामा निम्त्याएको जटिलतालाई ध्यानमा राख्दै, विदेशी एवम् भारतीय नागरिकहरु भारत प्रवेश गर्दा र भारतबाट बाहिरिदा अपनाउनु पर्ने केही स्वास्थ्य सुरक्षा उपायहरु लागू गरिएका छन् । भारतीय तथा विदेशी नागरिकको यात्रा तथा आवतजावतमा न्यूनतम असुविधा कायम गरी उहाँहरुको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्नु नै सो स्वास्थ्य सुरक्षा कदमको मुख्य अभिप्राय हो । समयक्रमसँगै प्रकोपको अवस्था हेरी यी उपायहरुको निरन्तर समीक्षा गरिने’ विज्ञप्तिमा उल्लेख छ ।

तर सबै नाकाहरुमा स्वास्थ्य परीक्षणलाई थप प्रबल बनाइनेछ र भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोभिड–१९ को लक्षण देखिएमा वा माथि परिपत्रमा उल्लिखित कोभिड–१९ प्रभावित ७ राष्ट्रहरुमध्ये कुनै एकको हालै भ्रमण गरेको पाइएमा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिनेछ, शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाक भाइरसको संक्रमण विश्वव्यापी भएको घोषणा गरेसँगै भारतको सो निर्णय बिहिबार आएको थियो । भारतको सो निर्णयको कार्यान्वयन शुक्रबारबाट हुने त्यो अप्रिल १५ तारिक सम्म कायम रहने छ ।

तपाईको प्रतिक्रिया