चीनको सिनजियाङमा रेल सेवा शुरु, जनजीवन सामान्य

  फागुन २९, २०७६

उरुम्की, फागुन २९ : चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनःशुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए ।

सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तिव्रगतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि शुरु भएको रेल अधिकारीले बताएका छन् । चाइना रेलवेका अनुसार अरु कम गतिका रेलको सेवा पनि चाँडै शुरु हुनेछ ।

सिनजियाङ रेलवे अधिकारीले यात्रुले अनलाइन वा रेलवे स्टेशनमै आएर टिकट किन्न सक्ने बताएका छन् । सिनजियाङका उद्योग धन्दा सबै पूर्णक्षमतामा सञ्चालन हुनथालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ । सिनजियाङमा लगातार २३ दिनसम्म कोरोनाभाइरसका एक जना पनि रोगी फेला परेका छैनन् ।

स्थानीय सरकारले कोरोनाभाइरसको सङ्क्रमण सिनजियाङमा देखानपरेको भन्दै आपतकालीन स्थितिलाई हटाएको छ ।

तपाईको प्रतिक्रिया