अमेरिकाद्वारा २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्ध

  फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ ।

सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिमा अमेरिका आउजाउ गर्न पाउने छन तर उनीहरूको बारेमा सोधपुछ र स्वास्थय जाँच हुने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन सम्बोधन मार्फत सो प्रतिबन्धको घोषणा गर्दै सबै खाले युरोप यात्र माथि ३० दिनका लागि प्रतिबन्ध लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कठोर’ तर आवश्यक प्रतिबन्ध हो तर यो बेलायतका लागि भने होइन । बेलायतमा पनि अहिलेसम्म ४६० जनामा यो संक्रमण देखिएको छ ।

यो समाचार पढेर

तपाईको प्रतिक्रिया