स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्यामा सुधार हुन सकेन

  फागुन २९, २०७६

रुपन्देही, फागुन २९ : प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।यसका लागि प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति र उपकरणसहित सुविधा सम्पन्न बनाउने तयारी भएको बुधबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जनाएको छ ।

सङ्घीय सरकारले प्रदान गरेको १० करोड विशेष अनुदानबाट सो कार्यक्रम सञ्चालन हुने सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए  । उनले कार्यक्रमबाट प्रसूति सेवा थप प्रभावकारी भइ आमा र शिशुको स्वास्थ्यमा सुधार आउने बताए  । स्वास्थ्यकर्मीलाई तालीम तथा विभिन्न २६ प्रकारका सामग्री सो सेन्टरलाई उपलब्ध गराइने जनाइएको छ । प्रदेश स्वास्थ्य तालीम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्या ५७ प्रतिशत रहेको जानकारी गराउँदै कार्यक्रमले मातृ तथा शिशुमृत्युदर घटाउन थप सहयोग पुग्ने बताए  ।

तपाईको प्रतिक्रिया