बम बिस्फोटमा संलग्न रहेकाे आशंकामा विप्लवका जिल्ला सदस्य पक्राउ

  फागुन २८, २०७६

काठमाडौ, फागुन २८ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले लमजुङ स्थायी घरभै काठमाडौं जडिबुटीको सुकुम्बासी बस्तीमा बस्ने देवीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने गुरुङ प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य रहेको प्रारम्भिक अनुशन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताउनुभयो । काभ्रेपलाञ्चोकको प्रतिनिधी सभा क्षेत्र नं २ बाट निर्वाचित सांसद बास्कोटाको घरमा बुधबार बिहान ७ बजेर ५० मिनेटमा प्रेसर कुकर बम विस्फोट गराइएको थियो । विस्फोटबाट घरका झ्यालका सिसाहरु फुट्नुका साथै पर्खाल भत्किएको छ ।

तपाईको प्रतिक्रिया