बम बिस्फोटको नेकपाद्वारा भत्र्सना

  फागुन २८, २०७६

काठमाडौ, फागुन २८ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य एवम्  पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको लोकन्थलीस्थित घरमा आज गराइएको बम बिस्फोटको घटनाको भत्र्सना गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ती जारी गरी घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद बाँस्कोटाको घरमा बुधबार विहान ७ बजेर ५० मिनेटमा प्रेसर कुकर बम विस्फोट गराइएको थियो । विस्फोटबाट घरका झ्यालका सिसाहरु फुट्नुका साथै पर्खाल भत्किएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया