ट्रयाक्टर दुर्घटनामा चालकसहित दुईको मृत्यु

  फागुन २८, २०७६

दमौली, फागुन २८ : बन्दिपुर गाउँपालिका– ५ कोरिकामा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाहुनभञ्ज्याङबाट कोरिकातर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल बारीमा खसी दुर्घटना भएको थियो ।

सो दुर्घटनामा ट्रयाक्टर चालक गोरखा पालुङटार नपा–७ च्याङलीका २१ वर्षीय प्रेम कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनु भयो ।

सो दुघर्टनामा ट्रयाक्टरका सहचालक बन्दिपुर गाउँपालिका–४ नयाँपुल बस्ने २३ बर्षीय राजकुमार परियारको उपचारको क्रममा लक्ष्मी अस्पताल डुम्रेमा मत्यु भएको डिएसपी लामिछानेले बताउनु भयो ।

तपाईको प्रतिक्रिया