पूर्वसञ्चार मन्त्री बाँस्काेटाकाे भक्तपुरस्थित घरमा बिस्फोट

  फागुन २८, २०७६

काठमाडाैं, फागुन २८ : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीमा रहेको निजी निवासमा अज्ञात समुहले सिलिन्डर बम बिस्फोट गराएका छन् ।

पूर्व मन्त्री बाँस्कोटाका तत्कालीन स्वकीय सचिव सुरेशप्रसाद हुमागाइँले पूर्व मन्त्री बाँस्कोटाको घरमा बिष्फोट भएको प्रारम्भिक जानकारी गोरखापत्रलाइ दिनुभयो । विष्फोटबाट उहाँको घरको सिसाहरु फुटेका छन् । विस्फोटबाट छिमेकीको घरहरुमा समेत क्षति भएको प्रहरीलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ । विस्फोट स्थलमा सर्वसाधारणको भीड लागेको छ । विस्फोट कसले गराएको हो खुलिसकेको छैन ।

महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले अज्ञात समुहले बिष्फोट गरेको बताउनुभयो । केही दिनदेखि हामीले २४ घण्टानै प्रहरीले सुरक्षा गरिरहेकोमा बिहान उहाँको घरको पछाडीपट्टि बिष्फोट भएको बताउनुभयो । ‘बिष्फोटबाट पूर्व मन्त्री ज्यूको घरको गेटमा सामान्य क्षती भएको र छिमेकीहरुको घरको सिसा फुटेको छ’ गिरीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया