सामसुङको ए–७१ र ए–५१ बजारमा

  फागुन २८, २०७६

काठमाडौं, फागुन २८ :  सामसुङ इलेक्ट्रोनिक्सले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए–७१ र ए–५१ बजारमा ल्याएको छ। यो दुबै मोबाइलमा टिकाउ ब्याट्री, आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा र दृश्यावलोकनका लागि इन्फिनिटी ओ डिस्प्ले रहेको कम्पनीले जनाएको छ । 

सामसुङ मोबाइलका बिजनेश हेड प्रणयरत्न स्थापितले ग्राहकको चाहना अनुसार लामो समयसम्म टिकाउ हुने ब्याट्री र हरेक क्षणलाई कैद गर्न सकिने क्यामरा भएको डिभाइस ग्यालेक्सी ए डिभाइस रहेको बताए । 

कम्पनीका अनुसार, मोबाइलमा मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराको सुविधा राखिएको छ । यी विशेषताले उत्कृष्ट र जीवन्त फोटो खिच्न सकिन्छ । 

मोबाइलमा अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ । सुपर स्डेडी भिडियो मोडले खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दौडिंदा, हाइकिङ वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थामा सुपर स्टेडी भिडियोको सुविधाले उत्कृष्ट भिडियो खिच्न सकिन्छ ।

कम्पनीका अनुसार ए–७१ मोबाइलमा ४५०० एमएएच र ए–५१मा ४००० एमएएच ब्याट्री राखिएको छ। २५ वाट र १५ वाटको फाष्ट चार्जिङ क्षमताले मोबाइल छिटो चार्ज हुने कम्पनीले जनाएको छ । कम्पनीले ग्यालेक्सी ए–७१ को मूल्य ४९ हजार ९ सय ९९ र ए–५१को मूल्य ३८ हजार ३ सय ९९ रुपैयाँ तोकेको छ।

तपाईको प्रतिक्रिया