संक्रमणबाट जोगाउन प्रधानमन्त्रीलाई केही दिन अस्पतालमा मै राख्नुपर्ने

  फागुन २७, २०७६

काठमाडौं, फागुन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौंला प्रत्यारोपणको पछि हुन सक्ने संक्रमणबाट जोगाउन उहाँलाई अझै केही समय अस्पतालमा राख्नु पर्ने बताइएको छ ।

मंगलबार त्रिबि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंहले मिर्गौला प्रत्यारोपण पछिको प्रधानमन्त्रीको स्वास्थ्य अबस्था अस्पतालबाट डिस्चार्जका लागि उपयुक्त भए पनि संभावित संक्रमणबाट जोगाउन केही दिन राख्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, प्रधानमन्त्रीको इच्छा पनि चाँडो डिस्चार्ज होस् भन्नेमा छ तर अहिले उहाँलाई संक्रमणबाट जोगाउनु जरुरी छ ।

उहाँले प्रधानमन्त्रीको बालुवाटारस्थ्ति सरकारी निबासमा संक्रमण मुक्त कक्ष तयार भई नसेकाले अहिले अस्पतालमा राख्नु परेको बताउनुभयो । उहाँले कहिले डिस्चार्ज गर्ने भन्ने विषय अहिले नै भन्न नसकिने जानकारी पत्रकार सम्मेलनमा दिनुभयो ।

तपाईको प्रतिक्रिया