भजनीका किसानलाई कृषियन्त्र उपकरण वितरण

  फागुन २७, २०७६

लम्की, फागुन २७ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीले भजनी नगरपालिका वडा नं ८ किसान समूहलाई कृषि औजार वितरण गरेको छ ।

महिला प्रतिभा कृषक समूह गोडचौरालाई १६ थान पावर ट्रेलर ट्र्याक्टर, २५ थान स्प्रे ट्याङ्की, पाँच थान बोरिङ, छ थान इन्जिन, पाँच थान पानीमोटर, ३० क्विन्टल जिन्क र तुलसी कृषक समूह खैरालाई तीन थान पावर टे«लर, तीन थान बोरिङ, तीन थान इन्जिन, पाँच क्विन्टल जिन्क र विद्युतीय उपकरण वितरण गरिएको हो ।

सो नगर प्रमुख शेरबहादुर चौधरीले ती सामग्री हस्तान्तरण गर्दै नगरलाई कृषि आधुनिकीकरणतर्फ उन्मुख गराउने अभियान जारी रहेको र आगामी दिनमा नगरका अन्य स्थानमा थप उपकरण वितरण गरिने जानकारी दिए ।

महिला प्रतिभा कृषक समूह गोडचौराका अध्यक्ष जनककुमारी चौधरीले सामग्रीले कृषि उत्पादन बढाउन र छिटोछरितो खेती गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया