तेस्रो साता अन्तिममा ‘आमा’ र ‘सेन्टी भाइरस’

  फागुन २७, २०७६

काठमाडाैं, फागुन २७ : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म प्रदर्शनमा आएको छैन । बलिउड फिल्म ‘बागी ३’ र हलिउड थ्रिडी फिल्म ‘अनवार्ड’ प्रदर्शनमा आउदा नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ तेस्रो सातामा प्रवेश गरेको हाे । बिश्वभर फैलिएकाे काेरना भाइरसकाे संक्रमणले गर्दा फिल्मकाे रिलिज तथा सुटिङ्ग राेकिएकाे छ ।

Added: ‘बागी ३’को ट्रेलरले लामो समयसम्म युट्युब ट्रेण्डिङ्गको पहिलो स्थान ओगटेको थियो । त्यसैले यो फिल्मसँग कुनै नेपाली फिल्मले टक्कर दिने आँट गरेनन् । मल्टिप्लेक्समा हलिउड फिल्म ‘अनवार्ड’को तुलनामा ‘बागी ३’ले बढी शो पाएको छ । यो फिल्मले मल्टिप्लेक्सको ठूलो चेन क्युएफएक्समा ५४ शोज पाएको छ । मल्टिप्लेक्समा बागीले कब्जा गरेपनि आमा र सेन्टी भाइरसले तेस्रो हप्तामा रामै शोज पाएको छ ।

आमाले मल्टिलेक्सको क्युएफएक्समा १६ शोज पाएको छ भने सेन्टी भाइरसले ११ शोज पाएको छ । तेस्रो सातासम्म कुनै नेपाली फिल्म प्रर्दशनमा नआउँदा आमा र सेन्टी भाइरसलाई फाइदा भएको छ । त्यस्तै यी दुई फिल्मले सिंगल थ्रिएटरमा पनि राम्रो शोज पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया