फिल्म निर्माता हार्भी बलात्कार मुद्दामा जेल

  फागुन २५, २०७६

न्युयोर्क, फागुन २५ : हलिउड निर्माता हार्भी वाइनस्टिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन् । न्युयोर्कको एउटा अदालतका पाँच महिला र सात पुरुषको इजलासले पाँच दिनको सुनुवाईपछि हार्भी दोषी भएको ठहर गरेको हो । 

वाइन्स्टिन मुटुको शल्यक्रियापछि जेल चलान गरिएकाे हाे । ६७ वर्षीय वाइन्स्टिनलाई थर्ड डिग्री बलात्कार र फस्र्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेलगत्तै अस्पताल भर्ना भएका थिए । वाइनस्टिनलाई २५ वर्षको जेल सजाय तोकिएको छ । 

तर वाइनस्टिनले फस्र्ट डिग्री बलात्कारजस्तो गम्भीर मुद्दामा भने सफाई पाएका छन् । अमेरिकामा १७ वर्षभन्दा मुनिका वा सहमति जनाउन नसक्ने उमेरका महिलासँग जबरजस्ती सम्बन्ध राख्नुलाई थर्ड डिग्री रेप भनिन्छ । 

चर्चित अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ प्याल्ट्रोवलगायतका ८० जना महिलाले उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाएका थिए । सन् २०१३ मा लसएन्जेलसमा दुई महिलालाई कुटपिट गरेको आरोप पनि उनलाई लागेको छ । 

सन् २०१७-०१८ मा विश्वभर चलेको ‘मिटू आन्दोलन’ का माध्यामबाट ती महिलाहरुले दुव्र्यवहार भएको बताएका थिए । मिटू आन्दोलनकी संस्थापक ताराना बुर्केले अदालतको फैसलापछि ट्वीट गर्दै सबै पीडित महिलाको विजय भएको प्रतिक्रिया दिएकी छन् । अदालतले उनलाई तत्काल जेल चलान गर्न आदेश दिएको छ । वाइनस्टिनले भने सबै आरोप खण्डन गर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया