अत्यावश्यक वस्तुको अभाव हुँदैन : आपूर्तिमन्त्री

  फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने माथि कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा उहाँले अत्यावश्यक वस्तुको अभाव नहुने जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने माथि कारवाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले अहिले बजार अनुगमन एकीकृतरूपमा गरिएको छ । अपुग जनशक्ति अझै थप्ने तयारी छ ।”

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोरोनाको प्रभाव पर्न नदिन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । उपभोक्ता संरक्षण परिषद्का सदस्य प्रेमलाल महर्जनले कोरोनाको संक्रमण बारेमा अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया