आज देशभर बदली, चट्याङ हवाहुरी र असिनाको सम्भावना (आगामी ३ दिनको पूर्वानुमानसहित)

  फागुन २३, २०७६

काठमाडौं, फागनु २४ : आज देशभर समन्य बदली रही देशका केही स्थानमा मेघ गर्जन सहित चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखालाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ । त्यस्तै आइतबार देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पुर्वी पहाडी भू-भागका एकरदुई स्थानमा र पश्चिमी पहाडी भूभागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २४ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

फागुन २५ गते (आइतबार)
दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते (सोमबार)
दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पुर्वी र मध्य पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने गोरखापत्र अनलाइनमा उल्लेख गरिएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनु हुन अनुरोध छ ।

तपाईको प्रतिक्रिया