नेपाल र अजरबैजानबीच द्विपक्षीय विकास हुनुपर्छ– राजदूत शिखालियव

  फागुन २३, २०७६

वीरगञ्ज, फागुन २४ : नेपालका लागि अजरबैजानका राजदूत डा असरर्फ शिखालियवले नेपाल र अजरबैजानले द्विपक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नुपर्ने बताएका छन् । पाठशाला नेपाल र एड्भान्स गु्रपले वीरगञ्जको दियालो लर्डस् होटलमा आयोजना गरिएको सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल र अजरबैजान भौगोलिकरूपमा समान रहेकाले यसको फाइदा दुवै देशले लिनुपर्ने बताउँछन् ।

उनले नेपाल कृषि र पर्यटनमा सम्भावना भएको देश रहेकाले यहाँबाट जडीबुटी उत्पादन गरेर अजरबैजान निर्यात गर्दा आर्थिक समृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गरे । अजरबैजान २० वर्षअघि ४५ प्रतिशत गरिबीको रेखामुनि रहेको बताउँदै उनले अहिले ७५ प्रतिशत सूचना प्रविधिको पहुँचमा पुगिसकेको र शतप्रतिशत साक्षरता रहेको बताउँछन् । उनले देशलाई आर्थिकरूपमा समृद्ध बनाउन शिक्षा र सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नेपालमा कृषिजन्य उत्पादनका उद्योगमा प्रचुर सम्भावना भएकाले अजरबैजानले कृषिक्षेत्रमा लगानी गर्नेमा आपूm विश्वस्त रहेको बताउँछन् । एड्भान्स गु्रपका अध्यक्ष अरुणकुमार कर्णले स्वागत गर्नुभएको कार्यक्रममा उद्योगी गणेश लाठले सहजीकरण गरेका थिए ।

परिचयात्मक कार्यक्रममा वीरगञ्जका उद्योगी व्यवसायी, राजनीतिककर्मी तथा सञ्चारकर्मीले अजरबैजानले प्राप्त गरेको सफलता र त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक विकासका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, महासचिव माधव राजपाललगायत सञ्चारकर्मीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया