औषधि आपूर्तिबारे छलफल गर्न राज्यमन्त्री दुगड आज भारत जाँदै

  फागुन २२, २०७६

काठमाडौं, २२ फागुन : नेपालमा औषधि आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड भारत प्रस्थान जान लाग्नु भएको छ ।

नेपालमा औषधि अभाव हुन नदिन भारत सरकार सँग कुरा गर्न आजै भारत प्रस्थान गर्न लागेको र आफू विमानस्थल पुगेको राज्यमन्त्री दुगडले गोरखापत्र अनलाइनले जनाएको छ ।

भारतले नेपालमा चाहिने अत्यावश्यक औषधिको लिष्ट मागेको जानकारी दिदै यस बिषयमा पनि भारतीय अधिकारीहरूसँग छलफल हुने उहाँले जानकारी दिनुभयो ।

भारतले कोरोनाको प्रकोपका कारण विदेश निर्यात हुने औषधिमा रोक लगाउने भए पछि नेपालमा औषधिको अभाव हुने आशंका देखिएको थियो ।

तपाईको प्रतिक्रिया