मिस वर्ल्ड टोनी नेपाल आउँदै

  फागुन २२, २०७६

काठमाडौं, २२ फागुन : सन २०१९ की ‘मिस वर्ल्ड’ टोनी एन सिंह आज नेपाल आउँदै छिन् । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरको समन्वयमा नेपाल आउने विश्वसुन्दरी टोनीसँग मिस वल्र्डको आयोजक संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेस पनि नेपाल आउँदैछन् । शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु जाने भएकी छन् । 

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्विकार्दै तीन दिने नेपाल भ्रमणका लागि आउन लागेकाे विज्ञप्तिमा उल्लेख छ। द हिडन ट्रेजरको २५ औं वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष–२०२० को उपलक्ष्यमा उनीहरूलाई नेपाल भ्रमणका लागि निम्तो दिएको थियो।

उनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ जाने भएकी हुन् । सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन् । नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न आउने भएका हुन् ।

तपाईको प्रतिक्रिया