तीन दिनको मौसम : चट्याङसहित असिना पानी पर्ने सम्भावना

  फागुन २२, २०७६

काठमाडौं, २२ फागुन : हाल नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी र पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

बिहीबार बिहान जारी बुलेटिनमा पहाडी भू-भागमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

बिहीबार

 देशका पश्चिमी भू-भागमा सामान्य बदली रहि मध्य र पुर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना साथै मध्य र पुर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

शुक्रबार

देशका पश्चिमी  भू-भागमा सामान्य बदली रहि मध्य र पुर्वका भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखीन्छ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य र पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ /हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।
उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

शनिबार

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहित वर्षाको सम्भावना समेत रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

तपाईको प्रतिक्रिया