भारतले औषधि निर्यातमा रोक लगाएको विषयमा छलफल

  फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : भारतले औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसको नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल भएको छ ।

आज बुधवार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, औषधि उत्पादक कम्पनीका प्रतिनिधि लगायत सरोकारवाला निकाय बिच छलफल भएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिएको गोरखापत्र अनलाइनले जनाएको छ ।

भारतले सिटामोल सहित २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ निर्यातमा रोक लगाएको बताईएको छ । भारतले औषधिमा लगाएको रोकको कारण बारे थप छलफल गर्ने विभागका महानिर्देशक ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया